PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

​संसद चलाउने सभामुखको आग्रह प्रतिपक्षले मानेनन्, पाँचौं पटक पनि अवरुद्ध



रमेश वाग्ले

​संसद चलाउने सभामुखको आग्रह प्रतिपक्षले मानेनन्, पाँचौं पटक पनि अवरुद्ध

काठमाडौं : संविधान संशोधन विधेयक प्रस्ताव संसदको कार्यसूचीमै नरहेकाले संसद चल्न दिन सभामुख ओनसरी घर्तीले राखेको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ। 

पाँचौ दिन पनि एमाले लगायतका प्रस्तावको विपक्षमा रहेका दलका सभासद्हरुले संसदको नियमित प्रकृया अवरोध गरेपछि सभामुख घर्तीले‘प्रतिपक्षले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको’ भन्दै संसदलाई बन्धक नबनाउन प्रतिपक्षीको पनि ध्यानाकर्षण होस्’ भनेकी थिइन्।

२०७४ माघ ७ भित्र तीन तहका निर्वाचन सम्पन्न गर्नुपर्ने लगायतका थुप्रै कार्यभार रहेको र नियमित संसद अवरुद्ध हुँदा प्रभावित हुने भन्दै उनले संसदको काम नियमित रुपमा अगाडि बढाउने वातावरण बनाउन विरोधमा रहेका दलका सांसदलाई उनले आग्रह गरेकी थिइन्।

सभामुखले ‘संसद चल्न दिनुस्, बन्धक नबनाउनुस्’ भने पनि एमाले लगायत विपक्षमा रहेका दलका सांसद उभिइनै रहेपछी उनले मंसिर ३० गते ११ वजे बैठक बस्ने गरी संसदको बैठक स्थगित गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell