PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

फ्राइडे रिलिज : मल्टिप्लेक्समा सेतो सूर्य, सिंगलमा पार्सल



पहिलोपोस्ट

फ्राइडे रिलिज : मल्टिप्लेक्समा सेतो सूर्य, सिंगलमा पार्सल

काठमाडौं: यो शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। दिपक रौनियार निर्देशित फिल्म ‘सेतो सुर्य’ र रविन श्रेष्ठ निर्देशित ‘पार्सल’ सार्वजनिक भएका हुन्।

‘सेतो सुर्य’ले तत्कालिन जनयुद्ध बेलामा बालबालिकामा परेको मनोवैज्ञानिक असर उनीहरुको नजरबाट त्यो बेलाको परिस्थितिलाई हेर्ने प्रयास गरेको छ। फिल्मले देशमा परिवर्तन आइसक्दा समेत त्यसलाई नस्वीकार्ने सोचको कथा भन्छ, फिल्ममा दयाहाङ राईसंगै दुई बालकलाकार सुमी मल्ल र अमृत परियार मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा आशा मगराती, रविन्द्र सिंह बाँनिया अनि खारिएका कलाकारहरु दिपक क्षेत्री, देशभक्त खनालको पनि अभिनय रहेको छ।

सिंगापुरमा उत्कृष्ट घोषणा भएको फिल्मलाई हिजो काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फोस्टिवलमा नेपाल प्रिमियर गरिएको थियो।
फिल्म युनिटले मल्टिप्लेक्सका दर्शकले सेतो सूर्य रुचाउने बताएका छन्।

त्यस्तै ‘पार्सल’ सामाजिक कथामा बनेको फिल्म हो। फिल्ममा किशोर खतिवडा, प्रेम सुब्बा, विक्रम सिंह, नीता ढुङ्गाना, प्रेशिका निरौला लगायतका कलाकारहरूले अभिनय छ।

फिल्ममा विकाश चौधरीको एकल संगीत रहेको छ। सिंगल स्क्रिनका लागि मात्र फिल्मले हल पाएको छ।

त्यस्तै बलिउड फिल्म बेफिक्री पनि नेपाली हलहरुम रिलिज भएको छ। प्रेम कथाको यो फिल्ममा रनबिर सिंह र वानी कपुरको मुख्य अभिनय छ। फिल्मलाई आदित्य चोपडाले निर्देशन गरेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell