PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

​एएफसी सोलिडारिटी कप विजेता प्रत्येक खेलाडीलाई एन्फाले ३ लाख दिने



पहिलोपोस्ट

​एएफसी सोलिडारिटी कप विजेता प्रत्येक खेलाडीलाई एन्फाले ३ लाख दिने

काठमाडौं : नोभेम्वरमा मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टीमलाई अखिल नेपाल फुटबल संघ एन्फाले नगद पुरस्कार दिने भएको छ। 

शुक्रबार एन्फा कम्प्लेक्समा बसेको एन्फाको पदाधिकारी बैठकले विजेता टीमका प्रत्येक खेलाडीलाई ३ लाख प्रदान गर्ने निर्णय गरेको हो। नेपालले मकाउलाई फाइनलमा पराजित गर्दै ६२ वर्ष पछि पहिलो पटक महादेशिय कपको उपाधि जितेको हो। 

सोलिडारिटी कपको च्याम्पियन बनेसँगै नेपाल सरकारले पनि प्रत्येक खेलाडीलाई ३ लाख प्रखान गर्ने निर्ण गरेपनि खेलाडीलाई रकम भने दिएको छैन।
यस्तै बैठकले गत कात्तिकमा उपाध्यक्ष पदमा निर्वाचित मणि कुँवरलाई एन्फाको बरिष्ठ उपाध्यमा मनोनित गरेको छ। कात्तिक ८ गते भएको विशेष साधारण सभाको चुनावमार्फत नरेन्द्र श्रेष्ठ अध्यक्ष तथा कुँवर उपाध्यक्षमा निर्वाचित भएका थिए। 
(फोटो : एन्फा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell