PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

आनन्दको 'सुनसानमा' जवानीको कुरा



पहिलोपोस्ट

आनन्दको 'सुनसानमा' जवानीको कुरा

काठमाडौं: गायक आनन्द कार्कीको केहि साता अघि सार्वजनिक सोर्हौ एल्बम 'लभ यू फरेभर'का लागि पहिलो भिडियो सार्वजनिक भएको छ। एल्बममा समावेश गजल गीत 'सुनसान' रातको भिडियो यतिबेला युट्युबमा सार्बजनिक भएको छ।

युक्त गीतमा आनन्द लाई गायनमा अर्की गायिका संजीवनीले पनि साथ दिएकी छिन्। गीतले जवानीका माया प्रेमका कुरालाई बृद्ध अवस्थामा पुगेका दुई जोडीले सम्झिने प्रयास गरेका छन्। गीतको भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन्। भिडियोमा अनिल थापा र प्रियंका एमभिको फिचरिङ छ।

शेर्पिनी कान्छीको शब्द रहेको गीतमा सिखर सन्तोसको संगीत छ। भिडियोलाई रामकुमार केसी र सुदिप बरालले खिचेका छन् भने सुप्रिम पराजुलीले यसको सम्पादन गरेका छन्।

आनन्द इन्टरटेनमेन्टले गीतको अडियो/भिडियो तयार गरेको हो, भिडियोलाई आनन्द कार्कीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell