PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

अभाव, प्रभाव र दवावमा अनुसन्धान गर्न सकिन्न : आइजीपी अर्याल



पहिलोपोस्ट

अभाव, प्रभाव र दवावमा अनुसन्धान गर्न सकिन्न : आइजीपी अर्याल

काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अभाव, दवाव र प्रभावमा स्वतन्त्र अनुसन्धान हुन नसक्ने बताएका छन् । ६१ औं अपराध अनुसन्धान दिवसमा आयोजित कार्यक्रममा अर्यालले यी तीनै विषयको प्रभावबाट प्रहरीलाई मुक्त गर्न नागरिक समाजबाट सहयोग हुनुपर्ने बताएका थिए । 

वैज्ञानिक प्रविधि, प्रमाणमुखी अनुसन्धानका लागि प्रविधिको प्रयोग बढाएको बताउँदै उनले अनुसन्धानमा प्रविधि, ज्ञान, सिपमात्र नभई अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीमा व्यावसायिक  इमान्दारिता र अनुसन्धानप्रति समर्पण समेत आवश्यक रहेको बताएका थिए ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell