PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

​बुण्डेसलिगा : यस सिजन होफेनहेइमको आठौं बराबरी, अपराजित यात्रा कायमै



पहिलोपोस्ट

​बुण्डेसलिगा : यस सिजन होफेनहेइमको आठौं बराबरी, अपराजित यात्रा कायमै

होफेनहेइमले जर्मन बुण्डेसलिगमा यस सिजनको आठौं बराबरी खेलेको छ। शुक्रबार भएको एक मात्र खेलमा होफेनहेइम एनट्रयाक्ट फ्रान्कफर्टसँग गोलरहित बराबरीमा रोकिएको छ।

८३ औं मिनेटमा टिमोथी चान्डलरले सिधै रातो कार्ड बेहोरेपछि फ्रान्कफर्टले अन्तिम ७ मिनेट १० खेलाडीमा रहेर खेलेको थियो। त्यसको फाइदामा पनि होफेनहेइमले गोल गर्न भने सकेन।

यस सिजन होफेनहेइम सबैभन्दा बढी खेल बराबरी गर्ने टीम समेत हो। धेरै खेल बराबरीमा रोकिएपनि होफेइनहेइमले अपराजित यात्रा भने कायमै राखेको छ। 

१४ खेलमध्ये होफेनहेइमले ६ खेल मात्र जित्दा ८ खेल बरारी गरेको हो। कुल २६ अंक जोडेको होफेनहेइम अंक तालिकामा चौथो स्थानमा छ। समान २६ अंक नै जोडेको फ्रान्कफर्ट गोल अन्तरमा पछि पर्दै पाँचौ स्थानमा छ।

बुण्डेसलिगमा अपराजित यात्रा कायम राखेको अर्को टीम लेइपजिग भने शीर्ष स्थानमा छ।  लेइपजिगको १३ खेलबाट ३३ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell