PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

मस्जिद नजिकै विस्फोट हुँदा इजिप्टमा ६ प्रहरीको मृत्यु



पहिलोपोस्ट

मस्जिद नजिकै विस्फोट हुँदा इजिप्टमा ६ प्रहरीको मृत्यु

कायरो (इजिप्ट) : इजिप्टको राजधानी कायरोमा अवस्थित पिरामिडतर्फ जाने सडकमा अवस्थित सुरक्षाजाँच केन्द्रमा भएको विस्फोटनमा परी कम्तीमा ६ जना प्रहरीको मृत्यु भएको छ।
 
विस्फोटनमा तीन अन्य प्रहरी र तीन सर्वसाधारण घाइते भएका यहाँको सरकारी समाचार संस्था मेना न्युज एजेन्सीले जनाएको छ। घटना अल हराम सडकको एक मस्जिद नजिकै भएको थियो ।
 
स्रोतका अनुसार दुई विस्फोटक पदार्थलाई रुखमुनि डस्टविनमा राखिएको र रिमोट कन्ट्रोलद्वारा विस्फोट गराइएको सुरक्षा अधिकारीले बताएका छन्।सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell