PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

राप्रपाको प्रादेशिक बैठक मंसिर अन्तिमदेखि, प्रमुख सचेतकमा गिरी



पहिलोपोस्ट

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको प्रमुख सचेतकमा दिलनाथ गिरी चयन भएका छन्।

पार्टीको शुक्रबारको संसदीय दलको बैठकले दलका सचेतकमा परशुराम तामाङ, सदस्य सचिवमा आनन्ददेवी पन्त तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठलाई तोकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपाबीच एकीकरण भएपछि गिरी पुनःप्रमुख सचेतक बनेका हुन्। यसअघि उनी राप्रपा नेपालको प्रमुख सचेतक नै थिए।

यसैगरी बैठकले सातवटै प्रदेशमा मङ्सिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म प्रादेशिक बैठक गर्ने निर्णय गरेको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell