PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

संशोधन प्रस्ताव बाह्य इसारामा होइन : प्रकाशमान सिंह



पहिलोपोस्ट

संशोधन प्रस्ताव बाह्य इसारामा होइन : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान संशोधन प्रस्ताव बाह्य इसारामा आयो भन्नु गलत रहेको बताएका छन्।
 
राजधानीमा आज भएको कार्यक्रममा बोल्दै सिंहले मधेसी मोर्चा लगायतले उठाएका जायज मागबारे हल्का अभिव्यक्ति दिनुभन्दा जिम्मेवार बन्न प्रमुख दलहरुलाई आग्रह गरे। ‘सरकार संशोधन प्रस्तावमा आवश्यक परिमार्जन गरेर अगाडि बढाउन तयार रहेको अवस्थामा छलफल र सहमतिबाटै जारी राजनीतिक गतिरोध अन्त्य गर्नुपर्छ,’ उनले भने।
 
दलहरु मिलेर संविधान कार्यान्वयनको प्रमुख आधार निर्वाचनको वातावरण बनाउन नसके मुलुक संकटमा फस्ने खतरा पनि उनले औंल्याएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell