PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

दिदीबहिनी सवार साइकललाई ट्रयाक्टरले ठक्कर दियो, बहिनीको मृत्यु, दिदी घाइते



पहिलोपोस्ट

लहान : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा लहानमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा सप्तरी हरिपुर– १ की १५ वर्षीया श्यामाकुमारी चौधरी रहेकी छन्। ठक्करबाट मृतककी दिदी १६ वर्षीया बबिताकुमारी गम्भीर घाइते भएकी छिन्।
 
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त १८०२ नं को ट्याक्टरले दिदीबहिनी सवार साइकललाई लहान नगरपालिका– ११ पडरीयामा पछाडिबाट ठक्कर दिएको थियो। घाइते श्यामाकुमारीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो भने बहिनी बबिताको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell