PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

१८ दिनदेखि आमरण अनशनमा रहेका तिवारीले चारबुँदे सहमतिपछि अनशन तोडे



पहिलोपोस्ट

सप्तरी : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग राखी १८  दिनदेखि आमरण अनशनमा बसिरहेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले आज अनशन तोडेका छन्।
 
अस्पतालमा उपचार गराइरहेकी १४ महिने बालिका निलम मण्डलले अध्यक्ष तिवारीलाई जुस खुवाएर अनशन तोडाएकी हुन्। स्वास्थ्यमन्त्री गगनकुमार थापाको रोहबरमा मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक भोगेन्द्र डोटेल र तिवारीका प्रतिनिधिबीच चार बुँदे सहमति भएको छ।
 
एक महिनाभित्र अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने र उक्त समितिले एक महिनाभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्ने लगायतका विषयमा सहमति भएपछि उनी अनशन तोड्न सहमत भएका हुन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell