PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

रानी मुखर्जीले सार्वजनिक गरिन् छोरीको फोटो



पहिलोपोस्ट

रानी मुखर्जीले सार्वजनिक गरिन् छोरीको फोटो

बलिउड हिरोइन रानी मुखर्जीले आफ्नी छोरी आदिराको बर्थ डेमा पहिलो पटक फोटो फ्यानहरुसँग सेयर गरेकी छिन्। यसअघि पनि रानीकी छोरीको फोटो भन्दै सोसल मिडियामा फोटो सार्वजनिक भए पनि त्यो गलत रहेको उनी स्वयंले बताएकी थिइन्। 

रानीले छोरीको फोटो र मन छुने पत्र पनि आफ्ना पति आदित्य चोपडाको कम्पनी यशराज फिल्म्सको अफिसियल ट्विटर ह्यान्डलबाट गरेकी हुन्। 
 

आदित्य यतिबेला आफ्नो फिल्म बेफिक्रेको प्रमोसनमा व्यस्त छन्। जसमा रणवीर सि‌ह र वाणी कपूर मुख्य भूमिकामा छन्। लामो समयपछि आदित्य यही फिल्मबाट निर्देशनमा फर्किएकी हुन्। 

सन् १९९७ मा राजाकी आएगी बारात फिल्मबाट अभिनय सुरु गरेकी रानीले गुलाम, कुछ कुछ होता है, मेहन्दी, हेलो ब्रदर, हे राम, चोरी चोरी चुपके चुपके, चलते चलते आदि फिल्ममा अभिनय गरेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell