PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

डायरीको टिपोट बन्यो नियात्रा संग्रह, यायावर जीवाको 'सरसर्ती संसार' सार्वजनिक



पहिलोपोस्ट

डायरीको टिपोट बन्यो नियात्रा संग्रह, यायावर जीवाको 'सरसर्ती संसार' सार्वजनिक

काठमाडौं : जीवा लामिछानेको नियात्रा संग्रह ‘सरसर्ती संसार’ आज सार्वजनिक भएको छ। काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा लेखक ध्रुवचन्द्र गौतमले पुस्तकको लोकार्पण गरे। लेखक लामिछाने गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष पनि हुन्।

पत्रकार देवेन्द्र भट्टराईसँगको अन्तरसंवादमा लेखक लामिछानेले आफूले घुमेका विभिन्न मुलुकमा रहेका नेपालीहरुको अवस्था र त्यहाँको समाज भूगोलबारे लेख्ने प्रयास गरेको बताए।
 
आफूले लेख्ने क्रममा कुनै खाका तयार नपारेको र टिप्दै आएको डायरीलाई नै यो रुपमा ल्याएको उनले जानकारी दिए।
 
‘नयाँनयाँ ठाउँमा जान मन लाग्ने र त्यहाँको कुनै चिजले छोयो भने टिपिहाल्ने बानी छ,’ उनले भने, ‘केहीकेही विषय छुटे पनि होलान्। पुस्तकको आकार लामो हुन्छ भन्ने लागेर पनि त्यस्तो भयो।‘
 
वैदेशिक रोजगारीका समस्या धेरै रहेको आफूले पाएको र यसमा सरकारले पर्याप्त ध्यान पुर्‍याउन बाँकी नै रहको उनको भनाइ छ। विश्वका विभिन्न मुलुक नपुगेका नेपालीहरुका लागि बुझ्न पुस्तकले सहयोग पुर्‍याउने लेखक लामिछानेले अपेक्षा गरेका छन्। 

उनको नियात्रा संग्रहलाई प्रकाशन संस्था नेपालयले छापेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell