PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

संसदलाई गतिरोधमै छाडेर सभामुख दुबई हिडिन्



पहिलोपोस्ट


काठमाडौं : संसदमा जारी गतिरोध हटाउन नसकेपछी सभामुख ओनसरी घर्ती विश्वका महिला सभामुखको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन दुबई गएकी छिन्।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोधनमा नेकपा एमाले विरोधमा उत्रिएपछि मंसिर १५ बाट संसद चल्न सकेको छैन।

अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने पाँच सदस्यीय टोलीको नेतृत्व सभामुख घर्तीले गरेकी हुन्। सभामुख घर्तीसंगै नेपाली कांग्रेसकी सांसद सिता गुरुङ, नेकपा एमालेकी टुकाभद्रा हमाल र नेकपा माओवादी केन्द्रकी कमला दोङ तथा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई समेत दुबई हिडेका हुन् ।

दुबईको आबुधावीमा हुने २ दिने सम्मेलनमा भाग लिन घर्ती शनिवार दुबई गएकी हुन्। सम्मेलन २ दिनको भए पनि उनी ५ दिनपछी मात्र नेपाल फर्कनेछिन् ।

अन्तराष्ट्रिय पार्लियामेन्ट युनियन आइपीयू र संयुक्त अरव इमिरेट्स संसदको संयुक्त आयोजनामा हुन लागेको सम्मेलन डिसेम्बर १२ र १३ तारिख गरी दुई दिन चल्ने छ। सम्मेलन पछि महिला सभामुखहरुको तर्फबाट संयुक्त अरव इमिरेट्स घोषणापत्र जारी हुने छ।

सम्मेलन सकेर सभामुख घर्ती मंसिर २९ बेलुका स्वदेश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell