PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

​रामेछापमा नमुनादीप कप भलिबल मंगलबारबाट



पहिलोपोस्ट

​रामेछापमा नमुनादीप कप भलिबल मंगलबारबाट

काठमाडौं : रामेछाप जिल्लाकै सर्बाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता नमुनादीप कप आगामी मंगलबारबाट सुरु हुने भएको छ। नमुनादीप युवा क्लबको आयोजनामा हुने प्रतियोगिताका खेलहरु रामेछाप सैपु ४ स्थित अरुणोदय मा.बी.को प्रागढमा हुनेछ।

शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संयोजक रजिन बस्नेतल अयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। उनकाअनुसार प्रतियोगितामा हालसम्म रामेछाप, सिन्धुली, दोलखा र ओखलढुङगाका १६ टोलीले सहभागीता सुनिश्चित गरिसकेका छन्। बस्नेतका अनुसार काठमाडौं र अन्य जिल्लाबाट समेट टोली सहभागी हुनेछन्। 

चार दिनसम्म चल्ने प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईनेछ। प्रतियोगिताको बिजेता टोलीले ट्रफीसहित एक लाख प्राप्त गर्ने छन्। यस्तै उप बिजेता टोलीले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार प्राप्त गर्ने छ।

स्थानीय खेलाडीको प्रोत्साहनका लागि बिभागीय टोलीलाई भने सहभागी नगराईएको आयोजकले जनाएको छ। प्रतियोगिताको कुल खर्च ७ लाख रहेको क्लबका अध्यक्ष बिष्णु पौडेलले जानकारी दिए। त्यसका लागि सफलता हाउजिङ एन्ड इन्भेस्टमेन्ट प्रा.ली., गंगाजल मिनेरल वाटर, मञ्जु श्री ट्रेड प्राली, संरचना बचत तथा रिण सहकारी संस्था लिमिटेड तथा रत्न कार्पेट लगायले प्रायोजन गरेको अध्यक्ष पौडेलले जानकारी दिए। 

क्लबले २०६५ साल यता नियमित रुपमा आयोजना गर्दै आईरहेको नमुनादीप कपको यो नवौं संस्करण हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell