PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामनदिँदै राष्ट्रपतिले भनिन् : सबैलाई समेटेर चुनावको तयारी गर्नु



रासस

​प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामनदिँदै राष्ट्रपतिले भनिन् : सबैलाई समेटेर चुनावको तयारी गर्नु

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डसँग आग्रह गरेकी छिन्। उनले सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रचन्डलाई आग्रह गरेकी हुन् ।

जन्मदिनमा शीतलनिवासमा आएका प्रचन्डलाई राष्ट्रपति भण्डारीले शुभकामना दिएकी थिइन् ।

भेटमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नियमित कार्यक्रमअन्तर्गत प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर सबै पक्षलाई समेटेर अघि बढ्न आफू प्रयासरत रहेको जानकारी दिँएका थिए। उनले सबै पक्षालाई समेटेर अगाडि बढ्न संविधान संसोधन प्रस्ताव संसद्मा दर्ता गरिएको बताएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell