PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

प्रिमियर लिग : कोस्टाको निर्णायक गोलमा चेल्सी फेरी शीर्ष स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग : कोस्टाको निर्णायक गोलमा चेल्सी फेरी शीर्ष स्थानमा

डिएगो कोस्टाले गरेको एक मात्र गोलको मद्वतमा चेल्सी वेष्टब्रोमिच अल्विओनलाई १-० ले पराजित गर्दै प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ।

आइतबार घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई ३ अंक दिलाउन कोस्टाले दोस्रो हाफमा निर्णायक गोल गरे। उनले सेस फाब्रेगासले उपलब्ध गराएको बलमा वेष्टब्रोमका गारेथ म्याकुउलीलाई छलाउँदै ७६ औं मिनेटमा गोल गरेका हुन्।  

यस सिजन प्रिमियर लिगमा चेल्सीको यो लगातार नवौं जित हो।  गत सेप्टेम्बरमा आर्सनलसँग ३-० ले हारेयता चेल्सीले ९ खेल जितेको हो। यस सिजन खेलेको १५ मध्ये १२ खेल जितेको ५ भने एक खेल बराबरी गरेको छ। लिभरपुल र आर्सनलसँग मात्र चेल्सी हारेको थियो।

जितपछि १५ खेलबाट चेल्सीले ३७ अंक जोड्दै आर्सनललाई पछि पारेको हो। समान खेलबाट ३४ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ।

आइतबारै तेस्रो स्थानको लिभरपुलले वेष्टहमसँग खेल्दैछ भने पाँचौं स्थानको टोटनहम र छैटौं स्थानको म्यानचेष्टर युनाइटेड ओल्ड ट्राफोर्डमा भिड्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell