
काठमाडौं :नक्कली पेस्तोल देखाएर धम्क्याउँदै पैसा असुल्न सक्रिय रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त जनसेवाले वारेन लामा र आकाश सुनामलाई नक्कली पेस्तोल र गोलीसहित पक्राउ गरेको हो। उनीहरुले वसन्तपुर क्षेत्रमा सर्वसाधारणलाई पेस्तोल देखाएर धम्क्याउँदै पैसा असुलेको प्रहरीको दावी छ।
प्रहरीले उनीहरुको साथबाट नक्कली पेस्तोल, नक्कली पेस्तोलको प्लाष्टिकको गोली ६ वटा , ३ सय ४० अमेरिकी डलर र ४० युरो बरामद गरेको जानकारी दिएको छ।