PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चौकी जलाएको घटनाको छानबिन गर्न एसएसपी नेतृत्वको टोली



सविन ढकाल

चौकी जलाएको घटनाको छानबिन गर्न एसएसपी नेतृत्वको टोली

काठमाडौं : जोरपाटीको नयाँबस्तीमा रहेको प्रहरी चौकीमाथि भएको आक्रमण घटनाबारे छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले समिति गठन गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालको संयोजकत्वमा एसपी प्रधुम्न कार्की सहितको तीन जनाको समिति गठन गरेको महानगरीय प्रहरी कार्यालय प्रमुख एआइजी प्रतापसिंह थापाले जानकारी दिए।

आइतबार ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएपछि आक्रोशित भएका उनका आफन्त र स्थानीयले चौकीभित्रै प्रहरी राखेर बाहिरबाट आगो लगाउने प्रयास गरेका थिए।

थापाका अनुसार घटनाको प्रकृति हेर्दा प्रहरीको चुक हुन सक्ने देखिएपछि समिति गठन गरिएको हो। ‘कहिलेकाहीँ प्रहरीले राम्रोसँग डिल गर्न नसक्दा पनि यस्ता घटना हुने गरेका छन्,’ उनले भने, ‘के कारण यस्तो भएको हो पत्ता लगाउन समिति गठन भएको छ।’

चौकीका ११ जनाको सरुवा
घटनापछl प्रहरीले नयाँबस्तीमा रहेको चौकीका ११ जना प्रहरीको सरुवा भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले त्यहाँ रहेका सबै प्रहरीलाई महानगरीय प्रहरी बृत्त बौद्धमा ल्याएर बौद्धमा रहेका नयाँ टोली पठाएको हो। घटनाबारे छानबिन गर्न काठमाडौं परिसरले समेत डिएसपी सिद्धिविक्रम शाहको नेतृत्वमा ५ सदस्यिय टोली गठन गरेको छ। प्रहरी चाैकी जलाउन संलग्न रहेकाे अाराेपमा प्रहरीले २१ जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।

बौद्धको दोस्रो लफडा
एक वर्षको बीचमा बौद्ध बृत्तमा भएको यो दोस्रो लफडा हो। यसअगाडि रक्सी खाएर हल्ला गरेको भन्दै पक्राउ गरी हिरासतमा राखेका टिकबहादुर राईको मृत्यु भएको थियो।

जेठमा चुच्चेपाटीमा रहेको ग्यासको लाइनमा बसेका बेला हल्ला गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो। हिरासतमा उनीमाथि कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएका उनलाई आफन्तले उपचारका लागि अस्पताल लैजाँदा उनको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell