PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

प्रिमियर लिग : म्यान युनाइटेडले टोटनहमलाई हरायो, लिभरपुल बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : म्यान युनाइटेडले टोटनहमलाई हरायो, लिभरपुल बराबरीमा रोकियो

हेनरिख मिखतार्यनले गरेको एक मात्र गोलको मद्वतमा म्यानचेष्टर युनँइटेडले प्रिाियर लिगमा टोटनहमलाई १-० ले पराजित गरेको छ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा मिखातार्यनको यो पहिलो गोल हो भने युनाइेटडको लागि दोस्रो हो।युरोपा लिगमा उनले युनाइटेडका लागि पहिलो गोल गरेका थिए।

युनाइटेडलाई जित दिलाउन मिखतार्यनले २९ औं मिनेटमा गोल गरे। आन्द्रे हेरेराले उपलब्ध गराएको पासमा मिखतार्यनले गोल गरेका हुन्। 
नितपछि पनि १५ खेलबाट २४ अंक मात्र जोडेको युनाइटेड अंक तालिको छैटौं स्थानमा यथावत छ। जुन शीर्ष स्थानमा रहेको चेल्सी भन्दा १३ अंकले पछि हो।

युनाइेटडले जित हात पारेको दिन लिभरपुल भने घरेलु मैदानमै वेष्टहमसँग २-२ गोलको बराबरीमा रोकिएको छ। एक गोलको अग्रता लिएर पनि २ गोल बेहोरेको लिभरपुलका लागि डिभोक ओरिगीले ४८ औं मिनेटमा बराबरी गोल गरे।

यसअद्धि एनफिल्डमा एडनान लालानाले गोल गर्दै पाँचौं मिनेटमै लिभरपुललाई अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो समय टिकेन। २७ औं मिनेटमा दिमित्री पायट र ३९ औं मिनेटमा माइकल एन्टोनिओले गोल गर्दै वेष्टहमलाई पहिलो हाफमा २-१ को अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुवातमे ओरिगीले गोल गरेपछि लिभरपुलले बराबरी खेल्दै अंक बाँडेको हो। बराबरीपछि ३१ अंक जोडेको लिभरपुल चौथो स्थानमा छ।

लिगकै अर्को खेलमा साउथहयाम्पटनले मिडल्स्ब्रोलाई १-० ले पराजित गरेको छ। साउथह्याम्पटनको जितमा सोफिएन बोउफालले निर्णायक गोल गरे। जितपछि १५ खेलबाट २० अंक जोडेको साउथह्याम्पटन दशौं स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell