PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पुष्पा बस्नेत सिएनएन सुपर हिरो



पहिलोपोस्ट

पुष्पा बस्नेत सिएनएन सुपर हिरो

काठमाडौँ : पुष्पा बस्नेत सिएनएन सुपर हिरो बनेकी छिन्।

अमेरिकी समाचार च्यानल केबल न्युज नेटवर्क (सिएनएन) ले पछिल्लो १० वर्षमा सिएनएन हिरो चयन भएकाहरुबाट सुपर हिरो चयन गरेको हो।सुपर हिरो बनेसँगै उनले ५० हजार अमेरिकी डलर समेत पाउनेछिन्।

सुपर हिरो बनेकी बस्नेतले नेपालमा बालबालिकाको स्याहार केन्द्र सञ्चालन गर्दै आएकी छिन्। बस्नेतको संस्था 'अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर'ले जेलभित्र बस्न बाध्य बालबालिकालाई बाहिर ल्याएर शिक्षा, स्वास्थ्य र बासको समेत प्रबन्ध मिलाउँदै आएको छ।

बस्नेत सन् २०१२ मा सिएनएन हिरो बनेकी थिइन्। त्यति बेला उनले १० हजार अमेरिकी डलर जितेकी थिइन्।

बस्नेतले थप बालबालिकालाई समेत जेलबाहिर राख्न निर्माण गरेको घर भूकम्पका कारण क्षतिग्रस्त बनेको थियो। यद्यपि उनले निर्माण गरिरहेको 'पुतली घर'लाई जर्मनीको एक संस्थाले सहयोग गरेको थियो। फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell