PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

आर्थिक संकटमा फसेको साझा प्रकाशनलाई सरकारले दिने भयो ३० करोड



पहिलोपोस्ट

आर्थिक संकटमा फसेको साझा प्रकाशनलाई सरकारले दिने भयो ३० करोड

काठमाडौँ : आर्थिक संकटमा फसेको सरकारी स्वामित्वको साझा प्रकाशनलाई सरकारले रु ३० करोड निकासा गर्ने निर्णय गरेको छ ।
 
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए। प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई तिर्नुपर्ने रकम पनि सोही रकमबाट व्यवस्थापन गर्नेगरी रकम निकासा गरिएको उनले बताए।
 
सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको साझाले केही वर्षयता सो जिम्मेवारी लिन पाएको छैन।
 
करिब एक हजार ५ सय लेखक स्रष्टा शेयर सदस्य रहेको साझा प्रकाशनका कर्मचारीले विगत ६ महिनायता तलब नपाएको गुनासो गर्दै आएका छन्।
‘लामो प्रयासपछि सरकारले राम्रो निर्णय गरेको छ,’ साझाका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले भने, ‘साझा कुनै हातमा मर्दैन। अब नयाँ योजनाका साथ हामीले काम गर्नुपर्नेछ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell