PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

चिसोले कठ्याङ्ग्रिएर महोत्तरीमा एक वृद्धाको ज्यान गयो



पहिलोपोस्ट

महोत्तरी : शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ।
 
गएराति गौशाला नगरपालिका–५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो।
 
क्रमिक रुपमा बढ्दै गएको चिसोको समयमा न्यानो कपडाको अभावमा राति सुतेकै अवस्थामा उनको ज्यान गएको स्थानीय लालु सदाले बताए।
 
बाक्लो हुस्सु एवम् शीतलहरको समयमा सम्बन्धित निकायले दाउराको व्यवस्था नगरेपछि गौशालामा रहेको दलित समुदायका बासिन्दा नराम्ररी प्रभावित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell