PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

विद्यार्थीलाई नेता महतको निर्देशन- 'एमाले गतिविधिको काउन्टर गर्नुस्'



पहिलोपोस्ट

विद्यार्थीलाई नेता महतको निर्देशन- 'एमाले गतिविधिको काउन्टर गर्नुस्'

काठमाडौं : परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संविधान संशोधन विधेयक दर्ताको विषयलाई लिएर एमालेले राष्ट्रलाई दुर्घटनातिर लैजान खोजेको आरोप लगाएका छन्।
 
कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीको त्रिचन्द्र कलेजमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै महतले सामाजिक सञ्जालमा समेत एमालेले अतिरञ्जित खबर फैलाएको बताए। ‘एमालेका यस्ता गतिविधिको काउन्टर गर्न म युवा विद्यार्थीहरुलाई आग्रह गर्छु,’ उनले भने।
 
पहिले सीमांकन सहित संविधान संशोधनका लागि सहमति जनाएको एमालेले अहिले राष्ट्रघाती कदम उठाएको नेता महतको भनाइ थियो। ‘विदेश नीति र आन्तरिक नीति एकै ठाउँ मिसाएर राजनीति गरिरहेको छ एमालेले,’ उनले भने।
 
एमालेले आफू राष्ट्रवादी पार्टीको हौवा फिँजाएको प्रसंग निकाल्दै उनले त्योभन्दा बढी कांग्रेस राष्ट्रवादी पार्टी भएको दाबी गरे। ‘अबको २० वर्षमा कांग्रेसलाई सबैले राष्ट्रवादी पार्टी भने चिन्नेछन्,’ महतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell