PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

सोसलिस्ट पार्टीका सेक्रेटरीले भेटे प्रचण्डलाई, बंगलादेश भ्रमणको निम्तो



पहिलोपोस्ट

सोसलिस्ट पार्टीका सेक्रेटरीले भेटे प्रचण्डलाई, बंगलादेश भ्रमणको निम्तो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोसलिस्ट पार्टी अफ बङ्गलादेशका जनरल सेक्रेटरी खालेकुजमन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र खालेकुजमनबीच दुई देशको सम्बन्ध एवं नेकपा माओवादी केन्द्र र सोसलिष्ट पार्टी अफ बंगलादेशबीचको अन्तरपार्टी सम्बन्धका बारेमा छलफल भएको थियो। भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल परिवर्तनका मुद्दाहरुलाई संस्थागत गर्ने चरणमा रहेको र सरकारले परिवर्तन संस्थागत गर्दै समृद्धि हासिल गर्ने कुरालाई प्राथमिकतामा राखेको जानकारी दिए।
 
राष्ट्रिय एकता बलियो पार्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पुनर्निर्माण र नवनिर्माण एवं समृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ थियो। राष्ट्रिय हित र साझा सवालमा नेपाल र बंगलादेशबीच सम्बन्ध अझै घनिष्ट बन्ने समेत उनले विश्वास व्यक्त गरे।
 
भेटमा जनरल सेक्रेटरी खालेकुजमनले बंगलादेशको सोसलिष्ट पार्टीले नेपाल र नेकपा माओवादी केन्द्रसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको जानकारी दिँदै प्रधानमन्त्रीलाई बंगलादेशको भ्रमणका लागि निमन्त्रणा गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell