PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

आइफोन बनाउने एप्पलले गर्‍यो ‘हावा’मा लगानी



पहिलोपोस्ट

आइफोन बनाउने एप्पलले गर्‍यो ‘हावा’मा लगानी

प्रविधि क्षेत्रको ‘राजा’ एप्पलले पछिल्लो समय चीनमा एक अनौठो सम्झौता गरेको छ।
 
आइफोन बनाउने कम्पनीले चीनको ‘विन्ड ऊर्जा (हावाबाट बिजुली)’ मा लगानीको डिल गरेको हो।
 
शतप्रतिशत नविकरणीय ऊर्जा प्रयोग गर्ने उद्देश्यअनुरुप विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशको विन्ड ऊर्जामा लगानी गरेको कम्पनीले जनाएको छ। एप्पलले चीनको सबैभन्दा ठूलो विन्ड टर्वाइन उत्पादक गोल्डविन्डका तीन सब्सिडरी कम्पनीको ३० प्रतिशत सेयर हिस्सा खरिद गरेको छ।
 
कम्पनीले यसका लागि गरेको लगानी रकम अहिलेसम्म खुलाएको छैन। ‘एप्पलले अहिलेसम्म नवीकरण ऊर्जामा गरेको लगानीमध्ये यो सबैभन्दा धेरै हो,’ कम्पनीको इन्भायरोमेन्ट इनिसिएटिभ्सका भाइस प्रेसिडेन्ट लिसा ज्याक्सनले चाइना डेलीसँग भनेका छन्, ‘र, विन्ड ऊर्जामा लगानी गरेको यो पहिलो अवसर हो।’
 
एप्पलका धेरै उत्पादन चीनमा निर्माण हुन्छन्। एप्पलको कुल बिक्रीलाई पाँच भाग लगाउँदा एक भाग बराबर चीनमा नै बिक्ने गरेको छ।
 
वातावरणीय समूह ग्रिनपेसले चीनमा विद्युतीय उपकरण उत्पादन गर्नेले अत्यधिक ऊर्जा खपत गरेको गुनासो गर्दै आएको थियो। सोही कारण कोइला फ्याक्ट्री धेरै चलाउनु परेको र चीनको वातावरण प्रदूषित भएको उनीहरुको तर्क थियो।
 
एप्पलको लगानीपश्चात विस्तार हुने नयाँ विन्ड प्रोजेक्टले चीनको राष्ट्रिय ग्रिडमा २८५ मेगावाट नवीकरणीय ऊर्जा थप गर्नेछ। यसले अन्य स्रोतको ऊर्जा प्रयोग गरिरहेका कम्पनीका केही अपरेटर र सप्लायर्सहरु फक्सकोन, लेन्स, क्याचर र सोल्भेलाई पनि सहज हुने एप्पलले जनाएको छ।
 
नविकरणीय ऊर्जामा चीन विश्वकै ठूलो लगानीकर्ता हो। चीनले यो क्षेत्रमा बर्सेनि लगानी बढाउँदै लगेको छ। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१५ मा चीनले विन्ड, सोलार र अन्य नविकरणीय उर्जाको स्रोतमा १०२.९ अर्ब अमेरिकी डलर लगानी गरेको थियो।
 
एप्पल मात्र होइन फेसबुक, गुगल जस्ता अन्य ‘टेक कम्पनी’ले समेत शतप्रतिशत नवीकरणीय ऊर्जा खपतको लक्ष्य सार्वजनिक गरेका छन्। माइक्रोसफ्टले आफूले सन् २०१४ देखि नै शतप्रतिशत नवीकरणीय ऊर्जा मात्र प्रयोग गर्दै आएको जनाएको छ।एजेन्सीको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell