PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​भारतले ८ वर्षपछि टेष्ट सिरिजमा इंगल्याण्डलाई हरायो, चौथो टेष्टमा भारत इनिङ र ३६ रनले विजयी



पहिलोपोस्ट

​भारतले ८ वर्षपछि टेष्ट सिरिजमा इंगल्याण्डलाई हरायो, चौथो टेष्टमा भारत  इनिङ र ३६ रनले विजयी

विराट कोहलीको दोहोरो शतक र रविचन्द्रन आश्विनको ६ विकेट मद्वतमा चौथो टेष्टमा इंगल्याण्डलाई एक इनिङ र ३६ रनले पराजित गर्दै भारतले ८ वर्षपछि इंगलिस टोली विरुद्ध टेष्ट सिरिज जितेको छ।

चौथो टेष्टमा शानदार जित हासिल गरेसँगै भारतले ५ खेलको सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो। सन् २००८ यता इंगलयाण्डलारुई टेष्टमा हराउन सकेको थिएन। 

मुम्बईमा १८२/६ बाट पाँचौं दिनको खेल सुरु गरेको पाहुना टोली इंगल्याण्डले इनिङ हार जोगाउन संघर्ष गरेपनि थप १३ रन जोड्ने क्रममा बाँकी ४ विकेट गुमाएपछि हार बेहोर्न बाध्य भयो। चौथो दिन अर्धशतक पुरा गरेका जोनी बेर्स्टो अन्तिम दिन एक रन थप्दै ५१ रनमा आउट भए। त्यसपछि क्रिजमा पुगेको क्रिस वोक्सले खाता खोल्न सकेनन् भने एदि रशिद र जेम्स एण्डरसन समान २ रनमा आउट भए। जोस बटलर ६ रनमा नटआउट रहे। 

चारै विकेट भारत आश्विन एक्लैले लिए। भारतले पहिलो इनिङमा ६ सय ३१ रनको उच्च स्कोर गरेपछि दोस्रो इनिङमा इंगल्याण्डले खराब प्रदर्शन गरेको थियो। दोस्रो इनिङमा इंगल्याण्डले जोए रुटले सर्बाधिक ७७ रन बनाए। आश्विनले कुल ६ विकेट लिए। 

पहिलो इनिङमा डेबुटान्ट केएटन जेनिङ्गसले शतक प्रहार गरेपछि इंगल्याण्डले पहिलो इनिङमा ४ सय रन बनाएको थियो।
तर कप्तान विराट कोहलीको दोहोरो शतक, ओपनर मुरली विजयको शतक तथा जयन्त यादवको पहिलो शतकको मद्वतमा भारतले पहिलो इनिङमा ६३१ रन बनाएको हो।

कोहलीको कप्तानीमा भारतकले जितेको यो १३ औं टेष्ट सिरिज हो। कप्तानको भूमिकामा सर्बाधिक टेष्ट जित्नेमा कोहली, महेन्द्र सिंह धोनी, सौरभ गांगुली र मोहम्मद अजरुद्धिन भन्दा पछि छन्। 

चौथ्थो टेष्टमा इंगल्याण्ड विरुद्ध २३५ रन बनाएका "म्यान अफ दि म्याच' कोहलीको यो वर्ष तेस्रो दोहोरो शतक हो। 

इंगल्याण्ड विरुद्धको टेष्ट जितेपछि कप्तान कोहलीले यो वर्ष जितेकोमध्ये सबैभन्दा 'स्विटेष्ट भिक्ट्री भएको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell