PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

रेखा थापामाथि सामाजिक सञ्जालमा दीपकको टिप्पणी- 'फिल्म चेन्ज, हिरो चेन्ज'



पहिलोपोस्ट

रेखा थापामाथि सामाजिक सञ्जालमा दीपकको टिप्पणी- 'फिल्म चेन्ज, हिरो चेन्ज'

काठमाडौं : नेपाली फिल्मी क्षेत्रमा स्थापित अभिनेत्री तथा निर्माता/निर्देशक रेखा थापाले औपचारिक रुपमा आजदेखि राजनीतिक यात्रा पनि तय गरेकी छिन्।
 
कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दै उनले सदस्यता पनि लिइन्।
 
दोस्रो संविधानसभाको चुनावअघि तत्कालीन एकीकृत नेकपा माओवादी पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डबाट टीका लगाएर उनले सो पार्टी प्रवेश गरेकी थिइन्। यस्तै, ‘लालुपाते नुँघ्यो भुइँतिर’ गीतमा प्रचण्डसँगै नाचेको खबर निकै चर्चामा थियो।
 
सदावहार चर्चामा रहेकी रेखा राप्रपामा प्रवेश गर्नु पनि चर्चाको विषय बनेको छ। सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा उनको पार्टी प्रवेशलाई लिएर विभिन्न टिप्पणीहरु भइरहेका छन्।
 
कलाकार दीपकराज गिरीले त ‘फिल्म ‘माओवादी’को ठाउँमा फिल्म ‘राप्रपा’, हिरो प्रचण्डको ठाउँमा हिरो कमल थापा’ भनेर फेसबुकमा लेखेका छन्। ‘दलहरूले विचार गर्नुपर्छ टीका लगाउनेहरूलाई आफ्नो नसम्झ, टिक्नेहरूलाई आफ्नो सम्झ’ भनेर दीपकले सुझाव पनि दिएका छन्। 


सामाजिक सञ्जालमा रेखाबारे आएका केही टिप्पणी यस्ता छन् :








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell