PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

रेखाले राजनीतिमा पनि बोलिन् फिल्मी डाइलग : तीन वर्षअघिको र अहिलेको भिडियो हेर्नुस्



पहिलोपोस्ट

रेखाले राजनीतिमा पनि बोलिन् फिल्मी डाइलग :  तीन वर्षअघिको र अहिलेको भिडियो हेर्नुस्

काठमाडौं : रेखा थापा फिल्मकी हिरोइन। अभिनय गर्नु उनको कला। त्यसैले फिल्मका संवादमा उनले बोल्ने विषय सबै झुट हुन् किनकि उनी त्यहाँ कुनै पात्रमात्र हुन्, रियल होइनन्। कुनै समय प्रचण्डसँग कम्मर मर्काएर चर्चा बटुल्ने उनी आजदेखि राप्रपासँग जोडिएकी छिन्।

राजनीतिक विचारमा पिपलपाते छिन् रेखा। फिल्मभन्दा कम लाग्दैन उनलाई राजनीति। राजनीतिजस्तो सिरियस विषयमा पनि उनी अभिनय गर्न खप्पिस छिन्। बुलन्द रुपमा झुट बोल्न सक्नु उनको कला हो। र, त्यो झुट बारम्बार बोलिरहन्छिन् उनी। राजनीतिमा आदर्श वचनसहित भित्रने उनका लागि झुट बोल्नु र फिल्मी डायलग झै हो। 

आज राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्दा उनले तत्कालीन एनेकपा माओवादीको सदस्यता नलिएको दावी गरिन्। उनको बोली यस्तो थियो :  'तपाईँहरुलाई म स्पस्ट पार्न चाहन्छु म कुनै पनि पार्टीको सदस्यता नलिएको मान्छे हुँ।'  (हेर्नुस् भिडियो)

तर, उनको पिपलपाते झुट किन लुक्थ्यो र! यो भिडियो हेर्नुस् जसमा उनले एमाओवादीलाई ऐतिहासिक पार्टी भनेकी छिन्। पार्टी प्रवेश गरेको बेला उनले भनेकी थिइन् - आज म औपचारिक रुपमा पार्टी प्रवेश गरेँ। मैले चलचित्रको क्षेत्रमा एउटा योद्धा भएर क्रान्ति र परिवर्तन गरेँ। पर्दाबाट पुग्न नसकेकाले सक्रिय नागरिकका रुपमा प्रत्यकको घरमा जान चाहन्छु। मनोरञ्जन दिएँ अब सेवा गर्न चाहन्छु। (हेर्नुस् भिडियो) 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell