PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

सशस्त्रको गुल्म उद्घाटन गर्न हेलिकप्टर चार्टर : न्युनतम ३ लाख खर्च



केपी ढुंगाना

सशस्त्रको गुल्म उद्घाटन गर्न हेलिकप्टर चार्टर : न्युनतम ३ लाख खर्च

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई हेलिकप्टर चार्टर गरेर संगठनको गुल्म उद्घाटनका लागि भोजपुर गएका छन्।

भोजपुरको टक्सारमा रहेको गुल्म उद्घाटन गर्न उनी सोमबार फिस्टेल एयरको हेलिकप्टर चार्टर गरेर त्यता गएका हुन्।

नेपालमा हेलिकप्टर चार्टरको प्रतिघन्टा १ हजार ५ सय देखि २ हजार ५ सय अमेरिकी डलर पर्छ। हेलिकप्टर उतै राखे प्रतिघन्टा २० हजार शुल्क थप बढ्दै जान्छ।

हलचोक स्रोतका अनुसार उनी जाँदा मात्रै होइन फर्कंदा समेत हेलिकप्टरमै काठमाडौं आउनेछन्।

संगठनको कामका लागि हुने खर्च संगठनले नै बेहोर्ने सशस्त्रका प्रवक्ता दिवाकर केसीले बताए। राई संगठनको गुल्म उद्घाटन गर्न गएकाले उनको यातायात खर्च पनि संगठनले दिने केसीले पहिलोपोस्टलाई जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell