काठमाडौं : कार्ल्सबर्ग गल्फ २०१६ को उपाधि पेमा शेर्पाले जितेका छन्। गोकर्ण फरेस्ट गल्फ रिसोर्ट कार्ल्सबर्गले आयोजना गरेको वर्षको अन्तिम प्रतियोगितामा देशका उदयमान एक सय गल्फरहरुको सहभागिता रहेको थियो। पेमाले ८ ह्याण्डीक्याप खेल्दै ३७ अंक बटुल्दै उपाधि जितेका हुन्। उनीभन्दा एक अंकले पछि परेको रिटायर्ड एसएसपी राजेन्द्र श्रेष्ठ उपविजेता बने।
रिटायर्ड मेजर जनरल महेश विक्रम शाहीले ६० वर्षभन्दा माथीको सिनियरतर्फको उपाधि जिते। उनले १० औं होलमा 'क्लोजेस्ट टु दि पिन'को उपाधि पनि हात पारे।
यस्तै ३५ ग्रोस प्वाइन्ट कलेक्स गर्दै विजय श्रेष्ठले मोस्ट ग्रोसको उपाधि जिते । उनैले १८ औं होलमा ३३० यार्ड हिट गर्दै लङगेस्ट ड्राभइको उपाधि पनि जिते।
महिलातर्फ प्रतिमा शेर्पाले २७ अंक बटुल्दै उापधि जितिन्। वान्छेन दोनडुपले चार बर्डी प्रहार गर्दै 'मोस्ट बर्डीज्'को उपाधि हात पारे।
आयोजक गोर्खा बु्रअरीका प्रबन्ध निर्देशकले अरुण अधिकारी सन् १९९० को अन्त्यबाट यहाँसम्म आईपुग्दा कार्ल्सबर्ग गल्फले धेरै लामो यात्रा तय गरिसकेको तबाए। 'कार्ल्सबर्ग गल्फले पहिलेदेखि नै प्रतिभाशाली उदयमान गल्फरहरुलाई सहभागी हुने अवसर प्रदान गर्दै आएको छ। काल्र्सबर्ग १ दशकदेखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको छ र हामी आगामी वर्षहरुमा पनि यस गौरवशाली प्रायोजनलाई निरन्तरता दिनेछौं।'
यस्तै गोर्खा बु्रअरीका बजार निर्देशक वैभव शर्माले कार्ल्सबर्ग गल्फले उदयमान गल्फरहरुलाई प्रतिस्पर्धी गल्फ खेल्नको लागि उत्कृष्ट मञ्च दिएको बताउँदै गल्फसँग आफुहरुको आवद्धता गर्विलो रहेको र वार्षिकरुपमै यसलाई निरन्तरता दिने बताए।
गोकर्ण फरेष्ट रिसोर्र्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले यो गल्फ प्रतियोगिता प्रतिस्पर्धी र सामाजिक उदयमान गल्फरहरुका लागि एक अर्कालाई कडा प्रतिस्पर्धा दिने र रमाइलो गर्ने मौका पनि भएको बताए।