PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​युसिएल अन्तिम १६ ड्र सार्वजनिक : बार्साले पिएसजीसँग भिड्ने, आर्सनलको भेट वायर्नसँग



पहिलोपोस्ट

​युसिएल अन्तिम १६ ड्र सार्वजनिक : बार्साले पिएसजीसँग भिड्ने, आर्सनलको भेट वायर्नसँग

युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक सोमबार सार्वजनिक गरिएको छ। ड्र अनुसार स्पानिस क्लब बार्सिलोना र इंगलिस क्लब आर्सनलले कठिन प्रतद्विन्दी पाएका छन्।

समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको आर्सनलले पुरानै प्रतिद्वन्दै जर्मन क्लब वायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ। 
बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ।

यस्तै डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले इटालियन कलब नेपोली प्रतिद्वन्दै पाएको छ। पहिलो पटक च्याम्पियन लिग खेल्दै गरेको इंगलिस च्याम्पियन लेस्टरले स्पानिस क्लब सेभियासँग प्रतिस्पर्धा गर्नेछ। 

अर्को स्पानिस क्लब एथ्लेटिको मड्रिले  जर्मन क्लब वायर लेभरकुजनसँग खेल्नेछ। अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डले पोर्चुगजि क्लब बेनफिकासँग प्रतिस्पर्धा गर्नेछ।

इंगलिस क्लब म्यानचेष्टर सिटीले फ्रेन्च क्लब एफसी मोनाको तथा इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग खेल्नेछ। 

म्यानचेष्टर सिटी र मोनाको तथा लेस्टर सिटी र सेभिया पहिलो पटक युरोपियन च्याम्पियन्स लिगमा भिड्न लागेका हुन्।

अन्तिम १६ अन्तर्गत पहिलो लेगका खेलहरु २०१७ फेब्रुअरी १४/१५ र २१/२२ तथा दोस्रो लेगका खेलहरु मार्च ७/८ र १४/१५ मा हुनेछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell