PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​युरोपा लिग : म्यान युनाइटेडले अन्तिम ३२ मा सेन्ट एटिनेसँग भिड्ने, टोटनहमको प्रतिद्वन्टी जेन्ट



पहिलोपोस्ट

​युरोपा लिग : म्यान युनाइटेडले अन्तिम ३२ मा सेन्ट एटिनेसँग भिड्ने, टोटनहमको प्रतिद्वन्टी जेन्ट

युरोपको दोस्रो दर्जाको क्लब फुटबल प्रतियोगिता युरोपा लिगको अन्तिम ३२ मा म्यानचेष्टर युनाइटेडले फ्रान्सेली क्लब सेन्ट एटिनेसँग खेल्ने भएको छ। 

सोमबार सार्वजनिक ड्र अनुसार युनाइेटडका मिडफिल्डर पोग्बाले आफ्नै दाजु फ्लोन्टिन पोग्बासँग खेल्ने भएका छन्। फ्लोन्टिन एटिनबाट व्यावसायी फुटबल खेल्ने गर्छन।

अर्को इंगलिस क्लब टोटनहम हट्सपरले अन्तिम ३२ मा बेल्जियन क्लब जेन्टसँग प्रतिस्पर्धा गर्नेछ। 

युरोपा लिगको अन्तिम ३२ मा स्पानिस क्लब र भियारियाल र इटालियन क्लब रोमाबीचको खेल सबैभनदा प्रतिस्पर्धात्मक हुनेछ। सन् २००३/४ को युइएफए कपमा भियारियलले रोमालाई पराजित गरेको थियो। 

यस्तै युक्रेनी क्लब साख्तर डोनेस्कले स्पानिस कलब सेल्टाभिगो सँग खेल्नेछ भने अर्को इटालियन क्लब फियोरन्टिनाले जर्मन क्लब बोरुसिया मोनचेनग्लाडबाकसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell