PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रधानन्यायाधीशले न्यायाधीशलाई भनिन् : कोही अन्यायमा परे उसको श्राप लाग्छ



पहिलोपोस्ट

प्रधानन्यायाधीशले न्यायाधीशलाई भनिन् : कोही अन्यायमा परे उसको श्राप लाग्छ

चितवन  :  प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायधीषलाई योगीसँग तुलना गर्दै विवेक राखेर फैसला गर्न सुझाव दिएकी छिन्।
जिल्ला अदालतले चितवनमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उनले मुद्दा फैसलापछि हृदयाघात भएर मानिसको मृत्यु भएको आफैँले देखेको बताउँदै विवेक राखेर फैसला गर्न सुझाव दिएकी हुन्।

'विवेक राखेर फैसला गरिएन र अलिकति पनि तलमाथि भयो भने व्यक्तिको जीवन नै बर्बाद हुन सक्छ, परिवार बिग्रन सक्छ, सम्पत्ति जान्छ, उसको चित्त दुख्छ उनले भनिन् कोही अन्यायमा परे उसको श्रापसमेत लाग्छ' उनले भनिन्।

उनले न्यायाधीशले साहस र प्रयास गरेर न्याय दिनुपर्ने बताइन् । अभावै अभाव भए पनि न्यायपालिका अग्रगमनतर्फ गइरहेकाले जनतालाई छिटोछरितो र गुणस्तरीय न्याय दिन न्यायाधीशलाई आग्रह गरिन्।

 'न्यायाधीश सन्यासी हुन्छन्, योगी नै हुन्, योगीलाई संसारिक मोह हुँदैन, उनीहरुले अरुको भलो मात्रै चाहन्छन्' उनले भनिन्।
राससको सहयोगमा


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell