
काठमाडौं : नेपालमा पहिलो पटक अन्तरक्लबस्तरिय रग्वी सेभेन्स सिरिज हुने भएको छ। नेपाल रग्वी संघको आयोजनामा महिला तथा पुरुष दुवैको सेभन्स साइड रग्वी च्याम्पियनसिप हुन लागेको हो।
रग्वी संघले स्थानियस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लबस्तरिय प्रतियोगिता गर्न लागिएको जनाएको छ। संघका अध्यक्ष टकंलाल घिसिङले रग्वी खेललाई थप विकास गर्ने योजना स्वरुप सेभेन्स ए साइड रग्वी सिरिज गर्न लागिएको बताए। प्रतियोगिताका मंगलबार एकदिन हुनेछ। एक दिने नकआउट प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ पुरुषतर्फ गोर्खाली रग्वी क्लब कोटेश्वर, नेपाल आर्मीको 'ए' र 'बि' टिम, बुढानिलकण्ठ रग्वी क्लब, आकास भैरव रग्वी क्लब धुलिखेल, चावाहिल रग्वी क्लब, निजगढ रग्वी क्लब बारा र एभरेष्ट रग्वी क्लब नयाँ बानेश्वर गरी ८ टीमको सहभागिता रहनेछ।
यस्तै महिलातर्फ गोर्खाली रग्वी क्लब, काठमाडौं रग्वी क्लब, आकास भैरव रग्वी क्लब, काठमाडौं वुमेन्स रग्वी क्लब र बुढानिलकण्ठ रग्वी क्लब छन्।
प्रतियोगिताका विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन्। संघका अनुसार प्रतियोगितामा सम्पन्न गर्न करिब २ लाख लागनेछ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई थाइल्याल्याण्डको बैकंकमा हुने एसिया रग्वी सेभेन्स ट्रफिका लागि छनोट गरीने संघका महासचिव चेतन राज गिरीले बताए। गिरीका अनुसार महिला र पुरुषतर्फ समान १२ सदस्यीय खेलाडी छनोट गरिनेछ।
उक्त एसिया रग्वी सेभेन्स आगामी वर्षको फेब्रुअरी १९ देखि २१ सम्म हुनेछ। नेपालले यसअघि प्री–ओलम्पिक क्लालिफायर र रग्वी एसिया विकास अन्र्तगत एसियन लेभल रग्वी सेभेन्स भारतको चेन्नाईमा खेलेको थियो।