कावासोती : ट्याक्टरले ठक्कर दिँदा नवलपरासीको कावासोती–३ मा एक जनाको ज्यान गएको छ।
आज बिहान ३ बजे लु ३ त १५७० नम्बरको ट्र्याक्टरले त्रिनेत्र पेट्रोल पम्पबाट भित्री सडकमा जाने क्रममा ठक्कर दिँदा कावासोती–१६ का १४ वर्षीय सुवास विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।