PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

नेवार समुदायको योमरी पूर्णिमा र किरातहरुको उधौली आज



पहिलोपोस्ट

नेवार समुदायको योमरी पूर्णिमा र किरातहरुको उधौली आज

काठमाडौँ : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्ही: अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ।
 
उपत्यकाको नेवार समुदायले चार सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ। जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो।
 
यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ। पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ।
 
यस्तै आजैका दिन किरात समुदायले उधौली पर्व मनाउँदै छन्। यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको किरात समुदायको संस्कृतिमा अध्ययनरत कीर्तिकुमार दुमी राईले जानकारी दिए।
 
बैसाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ। पूजापछि साकेला नाचिन्छ।फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell