PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

​रियाद महारेजले जिते 'बिबिसी अफ्रिकन प्लेअर अफ दि इयर' अवार्ड



पहिलोपोस्ट

​रियाद महारेजले जिते 'बिबिसी अफ्रिकन प्लेअर अफ दि इयर' अवार्ड

अल्जेरियन खेलाडी रियाद महारेजले 'बिबिसी अफ्रिकन प्लेअर अफ दि इयर'को अवार्ड जितेका छन्। 

गत सिजन लेस्टर सिटीलाई पहिलो पटक इंगलिस प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका महारेजले पहिलो पटक यस अवार्ड जितेका हुन्। 

विश्वभरबाट गरिएको भोटका आधारमा महारेजले पिएरे एमरिक औवामेयाङ, याया टुरे, आन्द्रे आयु, साडियो मानेलाई पछि पारे।

अवार्ड पाएपछि २५ वर्षे मिडफिल्डरले बिबिसीसँग भने, 'अवार्ड भनेको मेरो लागि धेरैथोक हो, अफ्रिकन प्लेयरको लागि यो केही विशेष छ, त्यसैले म धेरै खुसी छु, मलाई गर्व लागेको छ।'

उनले अल्जेरियन फ्यानलाई पनि धन्यवाद दिँदै अवार्ड फ्यानका साथै आफ्नो परिवालाई समर्पण गर्ने बताए। 

गत सिजन महारेजले लेस्टरको लागि १७ गोल गर्नुका साथै ११ असिस्ट गरेका थिए। यस्तै उनले 'प्रोफेसनल फुटबलर्स एसोसिएसनको प्लेयर अफ दि इअर' अवार्ड पनि जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell