
इटालियन सिरी ए अन्तर्गत सोमबार भएको खेलमा एसी मिलान रोमासँग १-० ले पराजित भएको छ।
एमबाए नियाङले पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा मिलानले त्यसको मूल्य चुकाउनुपर्यो। उनको पेनाल्टी रोमाका गोलरक्षक सेज्नेले रोके। रोमाका लागि ६७ औं मिनेटमा राद्जा नाइङगोलानले निर्णायक गोल गरे।
जितपछि रोमाले दोस्रो स्थानमा पनि मिलानसँग ३ अंकको स्पष्ट अग्रता बनाएको छ। १६ खेलबाट ३५ अंक जोडेको रोमा दोस्रो स्थानमा यथावत् छ। समान खेलबाट ३९ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा छ। मिलान भने ३२ अंकका साथ तेस्रो स्थानमा छ।
सिरी एकै अर्को खेलमा निकोला कालिनिकको २ गोल मद्दतमा फियोरेन्टिना ससुलोलाई २-१ ले पराजित गर्दै सातौं स्थानमा उक्लेको छ। १५ खेलमात्र खेलेको फियोरेन्टिनाको २६ अंक छ भने एक खेल बढी खेलेको एटलान्टाको २८ अंक छ।
१६ औं चरणको अन्तिम खेलमा फियोरेन्टिनाले जेनोअसँग खेल्दैछ र जित हात पारे एटलान्टालाई पछि पार्दै छैटौं स्थानमा उक्लनेछ।