PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

युनियनले भन्यो- 'विद्युत परियोजना थपिएकाले लोडसेडिङ घटाउन सम्भव'



पहिलोपोस्ट

युनियनले भन्यो- 'विद्युत परियोजना थपिएकाले लोडसेडिङ घटाउन सम्भव'

काठमाडौँ : नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले विभिन्न २३ वटा परियोजनाबाट करिब ३०७ मेगावाट विजुली थप उत्पादन भएकाले हाल विद्युत्भार कटौती (लोडसेडिङ) कम गर्न सम्भव भएको जनाएको छ।
 
युनियनका अध्यक्ष रामेश्वर पौडेलले काठमाडौँ उपत्यकाको अहिलेको माग पनि त्यति नै रहेकाले विद्युतभार (लोडसेडिङ) मा कमी गर्न सम्भव भएको बताए।
 
ओली सरकारको पालामा विद्युतभार कटौती गर्ने कार्यलाई प्राथमिकतामा राखिएको र विद्युत उत्पादक कम्पनीलाई प्रोत्साहन गरिएकाले नयाँ आयोजना निर्माण भएको उनको भनाइ छ। भूकम्पले क्षति भएका आयोजना पुनः सञ्चालन भएको हुँदा नै हाल विद्युतभार कटौतीमा कमी गर्न सहज भएको पौडेलले बताए।
 
विद्युतको माग बढेपछि विद्युतभार पुनः कटौती हुन सक्ने खतरा रहेकाले समयमै त्यसको विकल्प खोज्नुपर्ने प्राधिकरण सञ्चालक समितिका सदस्य सुरज लामिछानेको भनाइ छ।
 
गत वर्ष भारतबाट २२७ मेगावाट विजुली आयात गरिएकोमा यसवर्ष ५६ मेगावाट आयातमा वृद्धि भएको पनि युनियनले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell