PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

प्रधानमन्त्रीले डाके प्रमुख दलका शीर्ष नेतालाई, संशोधन प्रस्तावमा सहमति जुटाउन छलफल



पहिलोपोस्ट

काठमाडौं : जारी संसद अवरुद्ध खुलाउने र संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने विषयमा तीन प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल जारी छ।
 
संसदको गतिरोध र दलहरुबीच बढ्दै गएको दुरी कम गर्न प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले बैठक डाकेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी छन्।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा प्रमुख प्रतिपक्षी एमाले लगायतका दलहरु असहमत हुँदै आएका छन्। ती दलको अवरोधका कारण संसद बैठक स्थगित हुँदै आएको छ।
 
केही दिनअघि सभामुख ओनसरी घर्तीले पनि जारी गतिरोरोध अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेकी थिइन्।
 
संसद्मा अवरोध जारी रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल तथा निर्वाचन र संविधान संशोधन विधेयकको प्रक्रिया अघि बढ्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell