PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

तराईमा बढ्यो चिसो, कठ्याङ्ग्रिएर सुतेकै ठाउँमा बालिकाको मृत्यु



पहिलोपोस्ट

राजविराज : पूर्वी तराई–मधेसमा अत्यधिक रुपमा बढेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जाडोले कठ्याङ्ग्रिएर सप्तरीको गोबरगढामा गएराति एक बालिकाको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा सप्तरी, हनुमाननगर योगिनीमाई नगरपालिका–८ गोबरगढा निवासी १३ वर्षीया वन्दनाकुमारी मुखिया रहेको प्रहरीले जनाएको छ।
 
बढ्दै गएको चिसोले न्यानो कपडाको अभावमा राति सुतेको अवस्थामा ओछ्यानमै उनको मृत्यु भएको हो। केही दिनयतादेखि बढेको बाक्लो हुस्सुका कारण सप्तरीसहित तराईका जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell