
काठमाडौं: फिल्म ’डायरी’ चैत ११ मा रिलिज हुने भएको छ। यसअघि निर्माण युनिटले चैतमा प्रदर्शन हुने भने पनि मिती तोकेको थिएन ।
’अन्य फिल्मको रिलिजसँग नजुधोस भनेर खाली डेट रोजेका हौं’ निर्देशक अनिल योन्जनले जानकारी दिए। फिल्ममा रेखा थापा पहिलो पटक भिलेनको भूमिकामा देखिएकी छिन्।
फिल्ममा छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको मुख्य अभिनय छ। छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको फिल्म मार्फत छुल्ठिमले निर्मात्रीको रुपमा डेब्यु गरेकी हुन्। फिल्ममा अनिल योन्जनको निर्देशन रहनेछ।
फिल्ममा अन्य कलाकार बिनोद पौडेल , दिनेश डिसी लगायतलाईइ पनि देख्न सकिनेछ। छेतेन गुरुङको कथा रहेको फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पदान गरेका छन्। फिल्मलाई उपत्यकामा गोविन्द शाहीले वितरण गर्नेछन्।