PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

'रइस' कि नायिका माहिरा खानको शाहरुखसित प्रेम बस्यो



पहिलोपोस्ट

'रइस' कि नायिका माहिरा खानको शाहरुखसित प्रेम बस्यो

शाहरुख खानसित फिल्म रइसमा देखिन लागेकी पाकिस्तानी नायिका माहिरा खानले आफ्नो बाल्यकाल देखि नै शाहरुख खानसित प्रेम बसेको बताएकी छिन्। बिबिसीसँगको कुराकानीमा उनले स्कूल पढ्दादेखीनै शाहरुख जस्तै केटा खोजेको बताएकी छिन्।

चलचित्र रइसमा शाहरुखसँगै देखिन लागेकी माहिरा अहिले पाकिस्तानमा छिन्। पाकिस्तानी कलाकारलाई भातरमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेकाले माहिरा चलचित्र प्रमोसनका लागि भारत आउने छैनन्।


महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष राज ठाकरेसँग शाहरुखले भेटेर चलचित्र प्रदर्शनमा अवरोध नगर्न आग्रह गरिसकेका छन्। पाकिस्तानी कलाकार भएकै कारण करण जोहरको फिल्म ए दिल हैं मुश्किल मुस्किलमा परेको थियो।

पाकिस्तानमा माहिरालाइ माधुरी दिक्षीत समेत भनिन्छ। उनी पाकिस्तानी टेलिभिजन सिरियल हमसफरबाट भारतमा समेत चर्चित छिन्। माहिराको चलचित्र बोल सन् २०११ मा भारतमा समेत रिलिज भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell