PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

'प्रेमगीत २' मा दुई करोड लगानी, सुरु भयो छाया‌ंकन



पहिलोपोस्ट

'प्रेमगीत २' मा दुई करोड लगानी, सुरु भयो छाया‌ंकन

काठमाडौं: दुई करोडको लगानी रहेको फिल्म प्रेमगीत-२ को छायांकन सोमबारबाट सुरु भएको छ। पशुपती मन्दिरबाट छायंकन सुरु गरिएको फिल्मको काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपाली भाषी बाहुल म्यानमारको रंगुनमा सुट हुने निर्देशन रामशरण पाठकले जानकारी दिएका छन्।

फिल्म छायांकन सुरुवातसँगै पाठकले यो फिल्म स्तरिय बनाउनु आफ्नो लागि चुनौती रहेको बताए। 'प्रेमगीत ब्रान्डलाई क्वालिटी बनाउने चुनौति मसँग छ र यसका लागि प्रतिबद्ध छु’ उनले भने। 



आशुसेन ब्यानरमा बन्न लागेको यो तेस्रो सिनेमा हो। यसअघि चंखे शंखे पंखे र प्रेमगीतले बक्सअफिसमा राम्राे प्रभाव जमाएको थियो। फिल्मलाई सन्तोष सेनले निर्माण गर्न लागेका हुन्।

फिल्ममा प्रदीप खड्का, अश्लेष ठकुरी, भुवन चन्द, श्रद्धा प्रसाइँ, कैलाश कट्वाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य र सौरभ क्षेत्रीको अभिनय रहनेछ।



फिल्ममा रिनशा राईको नृत्य, अष्ट महर्जनको द्धन्द्ध, पुरुषोत्तम प्रधानको छायांकन रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell