
काठमाडौं : प्रमुख तीन दलका नेताबीच तीन तहको निर्वाचन मिति तोक्ने सहमति भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब २ घण्टाको छलफलमा निर्वाचन मिति तोक्ने सहमति भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए।
संसदको गतिरोध र दलहरुबीच बढ्दै गएको दुरी कम गर्न प्रधानमन्त्री प्रचण्डले बैठक डाकेका थिए।
छलफल सकाएर बाहिएका ओलीले सञ्चारकर्मीलाई तीन नेताबीच निर्वाचनको मिति तोक्ने सहमति भएको बताए। 'निर्वाचनको लागि आवश्यक कानुन बनाएर जाने सहमति भएको छ,' उनले भने।
कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन र निर्वाचन बारे छलफल भएको मात्र बताए। उनले छलफल सकारात्मक भएको सञ्चारकर्मीसामु बताएका छन्।