PahiloPost

May 24, 2026 | १० जेठ २०८३

राष्ट्रिय ज्यापू दिवसमा सांस्कृतिक झाँकी सहितको पदयात्रा, १५ फोटोमा

राष्ट्रिय ज्यापू दिवसमा सांस्कृतिक झाँकी सहितको पदयात्रा, १५ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय ज्यापू दिवसका अवसरमा आज राजधानीमा पदयात्रा गरिएको छ।
 
ज्यापू संस्कृति विकास कोषले १३औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा सांस्कृतिक पहिचानसहित कमलादीबाट पदयात्रा सुरु गरेको थियो। रत्नपार्क, नयाँ सडक, लगन, भीमसेनस्थान हुँदै भित्री नगरको परिक्रमा गरी पदयात्रा वसन्तपुरस्थित समारोहस्थलमा समापन भएको थियो।
 
बाजागाजा, झाँकीसहित पदयात्रामा सो समुदायका प्रतिनिधिहरु भेला भएका थिए।  पुरुषले दौरा सुरुवाल तथा महिलाले कालो धोती (हाकु पटासी) लगाएर नाच्दै, गाउँदै पहिचान र संस्कृतिको संरक्षण गर्न पनि उनीहरुले माग गरेका छन्।
 
काठमाडौँ उपत्यकाका कृषक ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चाडका रुपमा आज योमरी पकाएर खाने चलन छ। आजको दिन चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पुन्ही: मनाइँदैछ।


ट्रेन्डिङ पोस्ट

Ncell