PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

मापसे गराएर बलात्कार : २४ वर्षका युवक पक्राउ



पहिलोपोस्ट

काठमाडौं : मापसे गराएर बलात्कार गरेको आरोपमा २४ वर्षका युवक पक्राउ परेका छन् । १५ वर्षकी किशोरीको बलात्कार गरेको आरोपमा प्रहरीले नयाँ बसपार्कको टिकट काउन्टर काम गर्ने २४ वर्षका ललित पुनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले १५ वर्षकी किशोरीलाई मादकपदार्थ खुवाएर टोखा नगरपालिका–१३ गोंगबुस्थित होटल ग्रिन नेपालमा लगेर बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो । प्रहरीले पुनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएकाे र किशोरीको स्वास्थ्य परीक्षणका लागी अस्पताल पठाएको जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell