PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

भारोत्तोलक दम्पति कमलबहादुर र राजलक्ष्मी कतार प्रस्थान



पहिलोपोस्ट

भारोत्तोलक दम्पति कमलबहादुर र राजलक्ष्मी कतार प्रस्थान

काठमाडौं : अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सहभागी हुन भारोत्तोलक दम्पति कमलबहादुर अधिकारी र राजलक्ष्मी थापा मंगलबार कतारको दोहा प्रस्थान गरेका छन्।

कमलले एसिया कपको पुरुष ८५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। उनलेले ८५ केजीमा प्रतिस्पर्धा गर्न लागेको पहिलो पटक हो। यसअघि उनले १० औं दक्षिण एसियाली खेलकुद (साग) मा ६९ केजीमा प्रतिस्पर्धा गर्दै स्वर्ण जितेका थिए। नेपाली भारोत्तोलन खेलाडीले सागमा स्वर्ण जितेको त्यो अहिलेसम्मकै पहिलो हो।

त्यस्तै राजलक्ष्मीले कतार कपमा महिला ६३ केजीमा सहभागिता जनाउने छिन्। दुवै प्रतियोगिता एउटै समय डिसेम्बर १४ देखि १७ तारिखसम्म हुनेछ।

टोलीलाई नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डनले बिदाइ गरे। भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त पनि प्रतियोगिता सञ्चालन गर्न मंगलबारै दोहा प्रस्थान गरेका छन्। गुप्त एसियाली प्राविधिक कमिटीका सचिव हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell