PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

लायन्स सेन्टेनियल ओपन गल्फ हुने



पहिलोपोस्ट

काठमाडौं : लायन्स क्लव अफ दिङला भोजपुरको आयोजनामा ओल्ड दरबार लाइन्स क्लव सेन्टेनियल गल्फ प्रतियोगिता पौष ८ र ९ गते रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ।

स्टेबलफोर्ड थ्री बाई फो ह्याण्डी क्याप फरम्याटमा खेलाइने प्रतियोगितामा एक सय जना खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ। 
एक सय खेलाडीले विभिन्न ६ स्पर्धा पुरुष, महिला, ग्रस, सिनियर, सुपर सिनियर र लायन्सतर्फ प्रतिस्पर्धा गर्नेछन्।

लायन्स क्लवक अफ इन्टरनेशनलको शताब्दी वर्षको अवसरमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। लायन्ससँगै रोयल नेपाल गल्फ क्लवलके पनि स्थापनाको एक सयौं वर्ष मनाइरहेको छ। 

प्रतियोगिताको विजेतालाई नेपाल एयर लायन्सकोतर्फबाट बैंकक र मलेसियाको एयर टिकटसँगै ट्रफी तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। लायन्स क्बले पहिलो पट गल्फ प्रतियोगिताको आयोजना गर्न लागेपनि आगामी दिनमा यो प्रतियोगितालाई निरन्तरता दिइने लायन्स क्लव अफ दिङला भोजपुरका अध्यक्ष किशोर भट्टराईले बताए। 

पत्रकार सम्मेलनमा मलटिपल काउन्सीलका अध्यक्ष सुनिल भक्त श्रेष्ठ र डिस्ट्रिक गभर्नर कुमार राज सुवेदीले लायन्स क्लवको स्थापना र नेपालमा गरिएका सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell